देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवाद्वारा पत्रकार क्षेत्रीप्रति श्रद्धाञ्जलि

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ब्रेन ट्युमरबाट निधन भएका नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगी क्षेत्रीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर उनले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

यस्तै, सभामुख ओनसरी घर्ती पनि सोही स्थानमा पुगेर क्षेत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरिन् ।
    
उपप्रधानमन्त्री चित्रबहादुर केसी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चारमन्त्री शेरधन राई, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, नेपाली काँग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. मीनेन्द्र रिजाल, गगनकुमार थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, एनपी साउद, चन्द्र भण्डारीलगायतका नेताहरु श्रद्धाञ्जलि दिन प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।
    
विसं २०७१ मङ्सिरमा ब्रेन ट्युमर देखिएपछि उनको सफल शल्यक्रिया गरिएको थियो । बिहीबार राति ९ः१५ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएका क्षेत्रीको दाहसंस्कार उनकै गृहजिल्ला स्याङ्जामा गरिने भएको छ ।

]]>