देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘लु’ ले नेपालगञ्जको जनजीवन प्रभावित

देशान्तर

नेपालगन्ज। चर्को घाम र तातो हावा (लु) ले बाँके जिल्लाको व्यावसायिक तरकारीखेती प्रभावित भएको छ । गर्मी महिना सुरु भएदेखि यस जिल्लामा पानी नपरेपछि चर्को घामबाट खेतमा लगाइएको तरकारी जोगाउन किसानलाई अहिले हम्मेहम्मे परेको छ । 

व्यावसायिक खेतीका लागि आप्mनो महत्वपूर्ण पहिचान बनाएको हिरमिनिया गाविसका किसान रामसुरत यादवले विद्युत्भार कटौतीका कारण खेतमा लगाइएको तरकारीमा सिँचाइ गर्न नपाएको दुःखेसो पोखे । 

खोला र नदी छेउका ग्रामीण बस्तीका किसानले तरकारीमा सिँचाइ पु¥याउन सके पनि अत्यन्त चर्को घाम र तातो हावाका कारण सोचे जस्तो उत्पादन नहुने उनीहरु बताउँछन् । 

“बिहान सिँचाइ गरेको जमिन चर्को गर्मीले साँझ सुकिसक्छ”–सीतापुरका किसान गेहेन्द्र धितालको थप भनाइ थियोे, “लगानी अनुसारको प्रतिफल नपाइने हो किभन्ने पिरलोले सताउन थालेको छ ।” 

सिँचाइ गर्न खोज्दा मोटरले पानी नै तान्न छाड्यो, बागेश्वरी मनकामनापुरका व्यावसायिक तरकारीखेती गर्ने अर्का किसान काशीराम कँडेलको दुःखेसो थियो । 

जिल्लामा व्यावसायिक रुपमा खेती किसानी गर्ने किसानलाई पानी नपर्दा ठूलो समस्या पारेको जिल्ला कृषि विकास कार्यालय बाँकेका कृषिप्रसार अधिकृत धनबहादुर पुनले बताए ।  

नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्जमा चैतको दोस्रो सातादेखि अत्यन्त चर्को घाम र तातो हावा ९लु० को प्रभावले यहाँको जनजीवन प्रभावित बनाएको छ । 

यहाँस्थित मौसम विभागको कार्यालयका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी रेकर्ड गरिएको छ । यहाँको अधिकतम तापक्रम अभैm बढने अनुमान गरिएको छ । 

गर्मी महिना सुरु भएयता नेपालगन्जमा पानी नपर्नाले पनि आम नागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नु परेको हो । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ । 

गर्मीका कारण घाउखटिरा, आउँमासी, टायफाइट ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढन थालेको चिकित्सक बताउँछन् । 

यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढदै गएको छ । 

]]>