देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस १३ औँ महाधिवेसनः विभिन्न मुलुकका प्रतिनिधि आउँदै

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकह यहाँ आउने भएका छन् । 

विहारका मुख्यमन्त्री नितीश कुमार, बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनु तथा लाओस, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आइला लगायत महाधिवेशनमा सहभागी हुने काँग्रेस अन्तर्राष्ट्रिय विभागका प्रमुख सुजाता कोइरालाले बताइन् ।  

महाधिवेशनमा लाओस, कम्बोडिया तथा भारतका विभिन्न दलका नेताले पनि महाधिवेशनमा सहभागिता जनाउने जानकारी दिएको उनले बताइन् ।  भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, भारतीय कम्युनिस्ट पार्टीका नेता लगायत नेपाली काँग्रेसका शुभेच्छुक प्रतिनिधि राजधानी आउने नेत्री कोइरालाले जानकारी दिइन् ।  काँग्रेसको महाधिवेशन यही फागुन २० गतेदेखि यहाँ हुँदैछ । 

]]>