देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चमा ११ न्यायाधीश सिफारिस

देशान्तर

काठमाडौं  । न्याय परिषदले सर्वोच्च अदालतका लागि ११ न्यायाधीशको नाम सिफारिस गर्दैछ । परिषद्ले मंगलबार राति गरेको निर्णयअनुसार कानून व्यवसायीबाट ४ र पुनरावेदन तहका मुख्य न्यायाधीशबाट ७ जना सिफारिस गरेको हो ।

आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, दीपक कार्की, मिरा खड्का, शारदा घिमिरे, केदार चालिसे र विश्वम्भर श्रेष्ठ सिफारिसमा परेका छन् ।  त्यस्तै अधिवक्ताहरुबाट हरिकृष्ण कार्की, प्रकाश राउत, सपना मल्ल र अनिलकुमार सिन्हाको नाम पनि सिफारिस भएको छ । सिफारिसको रोलक्रमअनुसार पुनरावेदन अदालत बागलुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् ।

त्यस्तै केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का क्रमशः दोस्रो, तेस्रो र चौथो वरीयतामा छानिएका छन् । चालिसे पुनरावेदन विराटनगर, घिमिरे बुटवल, र खड्का इलामकी मुख्य न्यायाधीश हुन् । उमेर हदका कारण उनीहरु चारै जनाले प्रधानन्यायाधीश नभइकनै अवकाश पाउनेछन् ।

]]>