देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बरौनी नाकाबाट ग्यास आयात भएन

देशान्तर

पथरी । भारतको बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आई बन्द भएपछि नेपालतर्फको ग्यास आयात प्रभावित बनेको छ । 

भारतको बरौनीस्थित ग्यास उद्योगले नेपाल आयल निगमबाट प्राप्त कोटाअनुसार ग्यास उपलब्ध गराउन नसक्ने देखिएपछि बजारको मागअनुसार वितरणमा समस्या हुने देखिएको हो । 

 उद्योगबाट कम्तीमा पाँच दिनसम्मका लागि ग्यास लोडिङ हुन नसक्ने भन्ने जानकारी प्राप्त भएको व्यावासायीहरुले बताएका छन् । 

भारतको बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आएकाले केही दिनलाई उद्योग बन्द गरिएको जानकारी प्राप्त भएको व्यावसायीहरुले बताएका छन् ।  

बरौनीबाट मासिक ३९ बुलेट ग्यास ल्याउने गरेको तर फेब्रुअरी महिना सकिन लाग्दा जम्मा २५ बुलेट मात्र आयात भएको छ ।  उद्योगले हल्दिया र मथुराबाट पनि ग्यास ल्याउने गरेकामा अहिले त्यहाँबाट पनि परिमाणअनुसार प्राप्त नभएको जनाएको छ । पूर्वमा सञ्चालित आठवटा ग्यास उद्योगले बरौनी, हल्दिया र मथुराबाट ग्यास आयात गर्छन् । 

विराटनगर भन्सार कार्यालयका अनुसार फागुन १० गतेदेखि यता ७८ ट्याङ्कर डिजेल, २७ ट्याङ्कर पेट्रोल र २९ बुलेट ग्यास नेपाल प्रवेश गरेको छ । दैनिक १२ बुलेटसम्म ग्यास विराटनगरको रानी भन्सार नाका भएर आउने गरे पनि दिन बिराएर थोरै परिमाणमा आउने गरेको छ । 

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार नाका सहज भएसँगै इन्धन आयात भने सहज नै हुन थालेको छ । 
त्यहाँबाट ग्यास उद्योगले नेपाल आयल निगमबाट प्राप्त कोटाअनुसार ग्यास आयात गर्न नसक्ने देखिएपछि बजारको मागअनुसार वितरणमा समस्या हुने देखिएको हो । 

]]>