देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली काँग्रेस १३ औँ महाधिवेसनः सिटौलाको प्यानल घोषणा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका लागि कृष्णप्रसाद सिटौलाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

सिटौलाले महामन्त्री र कोषाध्यक्ष सहितको आफ्नो प्यानलनै बुधबार घोषणा गरेका हुन् । सिटौला प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी उम्मेदवार भएका छन् । पदाधिकारीमा निर्वाचित हुने पद तीन वटा छन् । 

संस्थापन समूह भित्रै रहँदै आएका सिटौलाको छुट्टै प्यानल घोषणाले संस्थापन पक्षबाट अब दुई प्यानल हुने निश्चित भएको छ । सिटौला आफूले आफ्नो नेतृत्वको समूहलाई संस्थापनको आधिकारिक भनेका छन् । सिटौला हाल पार्टीको मनोनित महामन्त्री हुन् । संस्थापनबाट हालका कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा अर्को प्यानलको घोषणाको तयारी छ । 
बत्तिसपुतलीस्गिथ अनुपम फुड ल्यान्डमा भएको सिटौला प्यानलको घोषणा सभामा कांग्रेसका नेताहरु भिमसेनदास प्रधान, सांसद उषा गुरुङ, सुधिर शिवाकोटी, नेताहरु शिव हुमागाई, तारानाथ दाहाल, केवलबहादुर लामा र मृदुला कोइरालाको उपस्थिति रहेको छ । 

 

]]>