देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको उम्मेदवारी फारम वितरण सुरु

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिन उम्मेदवारी फारम वितरण सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयबाट फारम वितरण सुरु गरिएको समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । उहाँले पहिलो दिन १५० जनाले फारम लिएर गएको जानकारी दिनुभयो । शुक्रबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकाले त्यतिबेलासम्म पनि फारम लैजान पाइने उहाँले बताउनुभयो । त्यसै दिन उम्मेदवारको नामावली प्रकाशित गरिने भएको छ ।

प्रकाशित नामावली माथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ बजेदेखि ५ बजेसम्म समय मिलाइएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने त्यही दिन बेलुका ७ बजेसम्म गरिने भएको छ । उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजेदेखि ११ बिहानबजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।

राष्ट्रिय सभागृहमा फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि सभापतिको मतगणना हुने सचिव पराजुलीले बताउनुभयो । पहिलो चरणमै कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएमा सभापतिको नतिजा घोषणा गरी अन्य पदको मतगणना सुरु हुनेछ । यदि सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी नल्याएमा बढी मत ल्याउने दुई जनाबीचमा मात्रै प्रतिस्पर्धा गराउनुपर्ने भएकाले त्यो निर्वाचन गरेर फेरि मतगणना सकिएपछि मात्रै अन्य पदको मतगणना गरिने भएको छ ।

]]>