देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीपी पुत्र र गणेशमान पुत्रलाई साथमा लिएर पौडेलको उमेदवारी घोषणा

देशान्तर

काठमाडौं नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले वीपी पुत्र डा. शशांक कोइरालालाई महामन्त्रीको उम्मेद्वार बनाएर प्यानल घोषणा गरेका छन्। कार्यवाहक सभापति पौडेलले बुधबार अपरान्ह पार्टी मुख्यालयमा दर्जनौं केन्द्रीय नेता र हजारौ कार्यकर्ताको उपस्थितिमा प्यानल घोषणा गरेका हुन्। पौडेलको प्यानलमा कोषाध्यक्षको पद् भने खाली छ। महामन्त्री प्रकाशमान सिंहले पौडेल र कोइरालाको उम्मेद्वारी घोषणा गरे।

महामन्त्री सिंहले गरेको घोषणामा केन्द्रीय सदस्य डा। रामशरण महतले समर्थन जनाए। कार्यवाहक सभापति पौडेलले पार्टीलाई एकढिक्का बनाएर संविधानको सफल कार्यान्वयनका लागि नेतृत्व प्रदान गर्न आफूले सभापतिमा उम्मेद्वारी घोषणा गरेको बताए। उनले पार्टीसामु जस्तो सुकै दुःख र कष्ट आइपर्दा पनि आफूले विचलित नभइ काम गरेको र त्यस आधारमा आफू सभापतिको स्वभाविक हकदार भएको पनि बताए। उनले सभापतिमा निर्वाचित भए पार्टीमा गुट उपगुट अन्त्य गर्ने दाबी पनि गरे। कार्यवाहक सभापति पौडेलले कतिपय नेताहरुले विचलित भएर अलग्गै उम्मेद्वारी घोषणा गरेपनि अन्तिमसम्म मिलाउनका लागि प्रयत्न गर्ने बताए।

उनले महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाप्रति लक्षित गर्दै पार्टीका सामु नेताहरुलाई अवसर दिन धेरै पद रहेको भन्दै सबैलाई मिलाएर अगाडि बढ्न आफू तयार रहेको बताए। कार्यक्रममा महामन्त्रीका उम्मेद्वार डा। शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने क्षमता पौडेलसँग मात्र रहेको बताए। उनले वीपी कोइरालाले अगाडि सारेको समाजवादको महत्व दिनप्रतिदिन बढिरहेको भन्दै समाजवादको नीतिलाई कार्यान्वयनमा ल्याउन आफूले महामन्त्री पद्मा उम्मेद्वारी घोषणा गरेको बताए। उनले भने, ‘पार्टी चलाउन तीन वटा कुरा चाहिन्छ। नीति, नेतृत्व र संगठन। यसका लागि पौडेल सबै कुरामा पूर्ण हुनुहुन्छ। उहाँबाहेक अरूमा यो गुण छैन। त्यो सबै पार्टी हाँक्न सक्ने क्षमता पौडेलसँगै छ। उहाँले नै अब कांग्रेस हाँक्ने हो।’ ‘पौडेलको उम्मेद्वारी के हो भने उहाँ नै कांग्रेसका लागि राजनीतिक नेता हो।मेरो मार्गदर्शन नै भनेको कार्यकर्ता हो।

अब कार्यकर्तालाई नै लिएर अगाडि बढ्ने हो। मलाई साथ दिनुहोस्,’ उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै कोइरालाले भने। यस्तै प्रस्तावक प्रकाशमान सिंहले पौडेलसँग मात्र कांग्रेसको नेतृत्व हाँक्न सक्ने उर्जा भएकाले अब कांग्रेसलाई उहाँकै आवश्यकता रहेको बताए। ‘कांग्रेस हाक्न सक्ने उर्जा पौडेलसँग मात्र छ त्यसैले सभापतिको रूपमा अगाडि सारेका छौ।’ यस्तै समर्थक राम शरण महतले भने, ‘हामीसँग चुनौती धेरै छन्। त्यो चुनौतीको सामना गर्न पौडेलले मात्र सक्नुहुन्छ। उहाँ सबै खाले चुनौती चिर्न तयार हुनुहुन्छ।’

]]>