देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली काँग्रेस १३ औं महाधिवेसनः देउवा पक्षको प्यानल घोषणा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेसनको लागि  वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा देउवा समूहका तर्फबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारी घोषणा गरिएको छ ।

देउवाको उम्मेदवारीका लागि कुलबहादुर गुरुङ प्रस्तावक र खुमबहादुर खड्का प्रस्तावक छन् । जारी कार्यक्रममा कांग्रेस नेताहरु लक्ष्मण घिमिरे, प्रदीप गिरी, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले लगायत सहभागी छन् ।
यसअघि हिंजो १९ फागुनमा रामचन्द्र पौडेलले सभापतिमा र उनको समूहबाट शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 

पौडेल समूहबाट कोषाध्यक्षको उम्मेदवारी घोषणा अझै हुन सकेको छैन ।  सभापति पदमा उम्मेदवारीको घोषणा गरेकी सुजाता कोइरालाले भने पौडेलको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिइसकेकी छन् ।

त्यसैगरी सभापति पदका अर्का दाबेदर कृष्णप्रसाद सिटौला समूहले पनि उम्मेदवारी घोषणा गरिसकेको छ । उनको समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको उम्मेदवारी घोषणा भएको छ ।
कांग्रेस महाधिवेशन आज, २० फागुन दिउँसो खुलामञ्चमा उद्घाटन हुँदैछ ।

]]>