देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्र प्राप्तिको आन्दोलनमा काँग्रेसको योगदान महत्वपूर्णःप्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सुरक्षित, सुदृढ तथा संस्थागत विकास गर्न राजनीतिक दलबीच थप सहकार्य, सहमति आवश्यक भएकामा जोड दिएका छन् ।  

नेपाली काँग्रेसको १३आँै महाधिवेशनको उद्घाटन सत्रलाई आज खुलामञ्चमा सम्बोधन गर्दै उनले विकास निर्माण र राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी सबै शक्तिसँग मिलेर अगाडि बढ्न चाहेको बताए ।  

“लोकतान्त्रिक संविधानमार्फत जनताका हकअधिकार संस्थागत र सुदृढ गरिएका छन्, जनता आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गरेका छन्, अब विगतका तरिका र शैली परिवर्तन गर्नुपर्छ”, अध्यक्ष ओलीले भने ।  

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका २२ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गरी उच्च सम्मान दिएको बताए ।  

]]>