देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तिममा ६३ जनाले मैदान छाडे

देशान्तर

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । अब ६१ केन्द्रीय सदस्यका लागि ३०२ जनाबीच प्रतिस्पर्धा हुनेछ । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन/तीन र कोषाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेकोमा पदाधिकारीहरूमा भने कसैले पनि फिर्ता लिएनन्  ।

सबैभन्दा बढी उम्मेद्वारी फिर्ता लिनेमा आदिवासी जनजाति आरक्षणतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरू छन् । जसमा १३ जनाले फिर्ता लिएका छन् । उक्त समूहबाट आङटावा शेर्पा, तुलसीनारायण श्रेष्ठ, नवराज गुरुङ, पृथ्वी लामा, प्रेमध्वज लामा, बालकृष्ण राई र मदनकृष्ण श्रेष्ठ रहेका छन् । त्यसैगरी आदिवासी जनजाति समूहबाट नै केन्द्रीय सदस्यको उम्मेदवारी दिएर फिर्ता लिनेमा रामबहादुर गुरुङ, रामसमझ चौधरी र लामाकार्पु तामाङ रहेका छन् । त्यसैगरी प्रदेश नम्बर तीन र सातबाट समान सातजनाले फिर्ता लिएका छन् । प्रदेश नंं तीनबाट कृष्णप्रसाद सुवेदी, कृष्णलाल सापकोटा, देवीप्रसाद न्यौपाने, माइकल रामचन्द्र अर्याल, डा. राजाराम कार्की, राजेन्द्रकुमार केसी र शेषनाथ अधिकारी रहेका छन् भने प्रदेश नम्बर सातबाट अर्जुनजंगबहादुर सिंह, देवराज जोशी, देवराज देवकोटा, नैनसिंह महर, भक्तबहादुर बलायर, भक्तबहादुर खड्का र रणबहादुर रावल रहेका छन् ।

त्यस्तै खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूमध्ये चारजनाले फिर्ता लिएका छन् जसमा रामचन्द्र पोखरेल, सुवासकुमार पोखरेल, निरु पोखरेल रहेका छन् । त्यसैगरी प्रदेश नम्बर ६ बाट ६ जनाले फिर्ता लिएका छन् ऋषिकेशजंग शाह, खेमराज केसी, दीपेन्द्रकुमार खत्री, ध्रुवराज पुरी, भूपेन्द्रजंग शाही र राजीवविक्रम शाह आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर एकबाट गोपालकुमार बस्नेत, महेश थपलिया, बालकृष्ण थापा, शिवकुमार बस्नेत र हरिप्रसाद सापकोटाले पनि फिर्ता लिएका छन् ।

त्यस्तै प्रदेश नम्बर ५ बाट कृष्णकिशोर घिमिरे, बृुद्धिराम भण्डारी, मनोजमणि आचार्य, विष्णुराज आचार्य, सुरेन्द्र हमाल र हरिप्रसाद नेपालले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश नम्बर ४ बाट तीनजनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन् जसमा कपिलदेव भुसाल, महेन्द्रध्वज जीसी र रोमी गौचन थकाली रहेका छन् ।

दुई नम्बर प्रदेशबाट जम्मा एकजना राजेन्द्रबहादुर अमात्यले मात्र फिर्ता लिएका छन् । आदिवासी जनजाति महिलातर्फबाट कृष्णा अमात्य र सीताकुमारी रानाले मात्र उम्मेदवारी फिर्ता लिएकी छन् भने महिला आरक्षणतर्फ  कृष्णा अमात्य र विष्णुदेवी पुडासैनीले फिर्ता लिएकी छन् । मधेसी आरक्षण कोटामा उम्मेदवारी दिएका भोला चौधरी, सनतकुमार मण्डल र सीताराम महतोले पनि आफ्नो केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका छन् । मधेसी महिलाबाट गीताकुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् । त्यस्तै मुसलमानबाट अतहरकमाल मुलमान, अब्दुल कलाम, मोख्तार अहमद र शेख रसिद अलि (लालबाबु) ले फिर्ता लिएका छन् । दलित आरक्षणमा उम्मेदवारी दिएका टेकब: रैका (आउजी) ले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छने भने दलित महिलाबाट विष्णुमाया परियारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

]]>