देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्द्रीय समितिमा पुग्न चाहने खेलकुदप्रेमीहरू

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको जारी १३ औ महाधिवेशनमा खेल क्षेत्रको प्रतिनिधिहरूको उपस्थिति पनि बाक्लो देखिएको छ । मण्डलेहरूसँग साँठगाँठ गर्नेदेखि कम्युनिस्टहरूसँग कुम जोडेर हिँड्नेसमेत कांग्रेस केन्द्रीय सदस्य बन्ने दौडमा छन् । यता कांग्रेसभित्रको पनि सुकिलो नेता भनेर चिनिएका राजीवविक्रम शाहले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनी नेपाल एथलेटिक्स संघका अध्यक्ष पनि हुन् । उनलाई शेरबहादुर देउवा समूहले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि फिर्ता लिएको बताइएको छ ।

यसैगरी कांग्रेसको केन्द्रीय कार्यालयमा रही खेलकुद क्षेत्रलाई नेतृत्व गर्न खोज्ने धनराज गुरुङदेखि नेपाल लोकतान्त्रिक खेलकुद संघका देवेन्द्र शेरचनसम्म यस पटक केन्द्रीय सदस्य बन्ने दौडमा छन् । त्यस्तै अर्का खेलकुदप्रेमी कर्माछिरिङ शेर्पासमेत यसपटक केन्द्रीय सदस्य बन्ने दौडमा देखिएका छन् ।

यस पटक खेल क्षेत्रबाट कांग्रेसमा प्रतिनिधित्व गर्न खोज्नेहरूमध्ये पूर्वखेलाडी तथा पूर्वमन्त्री देवेन्द्रराज कँडेल पनि छन् । त्यस्तै पूर्वभलिवल खेलाडी वीरबहादुर बलायर पनि यसपटक चुनावी मैदानमा देखा परेका छन् । अघिल्लो निर्वाचनमा पनि नराम्रो पराजय व्यहोरेका मोहन राई यस पटक पनि उम्मेदवार बनेर अगाडि आएका छन् ।

त्यस्तै नेपाल सेभेन ए साइड फुटबल संघका पूर्वअध्यक्ष भरत गुरुङ पनि यस पटक आदिवासी जनजातिको कोटामा केन्द्रीय सदस्य बन्ने दाउमा छन् । दावा गुरुङ पनि यस पटक केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

त्यस्तै, ललितपुर कांग्रेसका नेता तथा कराँते खेलाडी मीनकृष्ण महर्जन पनि यस पटक केन्द्रीय सदस्य बन्ने दौडमा छन् । यस पटक खेलकुद क्षेत्रमा सक्रिय रहेका ४० जना महाधिवेशन प्रतिनिधि बनेर काठमाडौं आएका छन् ।

 

]]>