काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएको छन् । काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका भएको दोस्रो निर्वाचनमा उनले एक हजार ८२२ मत प्राप्त गरी नेपालको पुरानो पार्टीको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् ।
सभापति पदका अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गर्नुभयो । कुल मतदाता तीन हजार १४० मध्ये खसेको थियो । खसेको मत मध्ये २२ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । काँग्रेसको १०औँ महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा सुशील कोइरालासित पराजित भएका थिए ।
सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पु¥याउन नसक्दा काँग्रेस इतिहासमा पहिलो पटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएको थियो ।
]]>
प्रतिक्रिया