देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पपछि दोलखामा अझै ५८ जना बेपत्ता

देशान्तर

दोलखा । भूकम्पपछि यहाँ ५० जना बढी बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०७२÷०७३ को साउनदेखि यतासम्म गरेर आठ महिनामा जिल्लाका दुई नगरपालिका र २९ गाविसबाट ५८ जना बेपत्ता भएको उल्लेख छ । कार्यालयको तथ्याङ्कअनुसार ८० जना हराएको निवेदन परेकामा ३० जना सम्पर्कमा आएका छन् भने बाँकी अझै बेपत्ता भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।  

निरीक्षक सुनुवारले बेपत्ता हुनेको कारणसहित अनुसन्धान भइरहेको बताए ।  प्रहरीका अनुसार हराएकामा सबैभन्दा बढी बालबालिका, किशोर र ज्येष्ठ नागरिक छन् । 
तथ्याङ्कनुसारबेपत्ता हुनेमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट १३ र कममा सुष्पाक्षमावती गाविसबाट आठ तथा जिरी नगरपालिकाबाट सात छन् । 

]]>