देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवालाई पौडेलको बधाई

देशान्तर

 काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति तथा पराजित सभापतिका उम्मेदवार रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेर बहादुर देउवालाई बधाइ तथा शुभकामना दिएका छन् ।

देउवा विजयी भएपछि पौडेलले एक विज्ञप्ति जारी गर्दै  बधाइ दिएका हुन् ।

पौडेलले बधाईसँगै देउवालाई निष्ठा, आदर्श र सिद्धान्तमा अडिग रही पार्टी र देशको हितमा काम गर्न सुझाव दिँदै भनेका छन्, ‘महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु । पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्तिपनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईको कार्यकालको सफलताको कामना गर्दछु।’ 

 

पौडेलको विज्ञप्ति पूर्णपाठः

प्रेस नोट

नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व मलाई प्राप्त भएकोमा लोकतान्त्रिक पद्धतिद्धारा नेतृत्वको चयनसहित महाधिवेशन भव्य, सभ्य र निर्विघ्नतापूर्वक सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक हुँदैछन् । यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको छ ।
महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु । पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्तिपनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईको कार्यकालको सफलताको कामना गर्दछु ।
साथै यो महाधिवेशनमा संयमका साथ मलाई मतदान गर्नुहुने देशभरि र विश्वभरिका प्रतिनिधि साथी एवम् शुभेच्छुकहरुलाई हार्दिक आभारका साथ धन्यवाद दिन चाहन्छु । निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबै साथीमा आह्वान गर्दै म सदैव तपाईहरुको साथमा रहनेछु । महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण साथीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

मितिः २०२७।११।२५

रामचन्द्र पौडेल

]]>