देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थायी बासको व्यवस्था गरिदिन पुर्वराष्ट्रपतिको आग्रह

देशान्तर

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले ललितपुर बागडोलस्थित भाडाको घरबाट अन्तै सारिदिन सरकारलाई आग्रह गरेका छन् । चार महिनासम्म सरकारले भाडा नदिएपछि घरबेटीले समेत ताकेता गरेपछि पूर्वराष्ट्रपतिले अन्यत्रै सारिदिन भनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो सुन्न पठाएका स्वकीय सचिव इन्द्र  भण्डारीसहितको टोलीलाई पूर्वराष्ट्रपति कहाँ पठाएका थिए ।

यादवले उक्त घरमा बस्दा भोग्नु परेको समस्याहरु सुनाएका छन् र अन्तै स्थायी आवासको व्यवस्था गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार उनले केही समस्याहरुको राखेको र र स्थायी रुपमा अरुतिरै सारिदिन आग्रह गरेका हुन् । 

पूर्वराष्ट्रपतिको स्वकीय सचिवालयले सरकारलाई घरमा भएको समस्याबारे जानकारी पठाएको छ । जसमा अग्लो पर्खाल नभएको, विजुलीको उचित व्यवस्था नभएको, सुरक्षाकर्मीहरुलाई बस्ने राम्रो आवास नभएको र  घरमाथि हाइटेन्सन लाइन भएको जानकारी गराएका छन् ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति राष्ट्रपति यादवको कार्यकाल सकिएपछि सरकारले गत कात्तिकमा अस्थायी रुपमा घर भाडामा लिएको थियो । तर, घरबेटी रविभक्त विष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएको भन्दै पूर्वराष्ट्रपतिलाई अन्यत्रै सारिदिन सरकारसमक्ष लिखित निवेदन दिएका थिए । आजका पत्रपत्रिकामा समाचार छ । 

]]>