देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नेतृत्वका लागि भएको मतदान अन्तरगत केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरु भएको छ । 

पार्टी कार्यालय सानेपामा सुरु भएको गणनामा ५० मत गणना भईसक्दा प्रकाशमान सिंह, सुजता कोइराला, शेखर कोइराला, प्रदिप गिरी, प्रदिप पौडेल लगाएतका नेताहरुले अग्रता लिएका छन् । 

खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार छन् । केन्द्रीय सदस्यको खुलातर्फ प्रभावशाली नेताहरु नै चुनावी मैदानमा छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्यानल नै बनाएका थिए ।

दुबै प्यानलका २५÷२५ उम्मेदवार छन् भने ४० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । यसअघि सभापतिसहित महामन्त्री र कोषाध्यक्षको मतगणना गरिएको थियो ।

५० मत गनना भइसक्दा खुलातर्फका केन्द्रीय सदस्यको जारी मतगणनामा अग्रता कायम गरेका उमेदवार र मत

प्रदीप पौडेलः ३६

प्रकाशमान सिंहः ३६

सुजाता कोइरालाः ३४

शेखर कोइरालाः ३२

महेश आचार्यः ३२

खुमबहादुर खड्काः २९

मिनेन्द्र रिजालः २९

विमलेन्द्र निधीः २९

रामशरण महतः २८

नारायण खड्काः २८

बालकृष्ण खाँडः २८

धनराज गुरुङः २७

चन्द्र भण्डारीः २५

प्रकाश शरण महतः २५

बद्री पाण्डेः २५

बलबहादुर केसीः २५

उदय समशेरः २५

पूर्णबहादुर खड्काः २४

जिपछिरिङ शेर्पाः २२

गोन्दिराज पोखरेलः २२

एनपी साउदः २२

विश्वप्रकाश शर्माः २१

शंकर भण्डारीः २१केवी गुरुङः २१

अशोक कोइरालाः २०

]]>