देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानुन बनाउने संसद् नै कानुनविहीन

देशान्तर

काठमाडौं । दलीय स्वार्थ हावी भएपति मुलुक सञ्चालनका लागि आवश्यक कानुन बनाउने व्यवस्थापिका संसद नै नियमावलीविहीन बन्न पुगेको छ ।

संसद् सञ्चालनका लागि आवश्यक नियमावली निर्माणमा संसद् उदासीन बन्दा मुलुकका  संवैधानिक नियुक्तिहरु नै प्रभावित बन्न थालेको छ । आन्तरिक विवादकै कारण चार पटकसम्म म्याद थपिएको नियमावली मस्यौदा समितिको पछिल्लो पटक वैधानिकतामै प्रश्न उठेको छ ।

नियमावली बनाउन नसकेपछि पछिल्लोपटक थपिएको समितिको म्याद २० फागुनमै सकिएको छ । तर, म्याद सकिएको एक साता बितिसक्दा पनि न समितिको म्याद थप भएको छ न त समितिले नियमावी मस्यौदा नै तयार पार्न सकेको छ । समितिको म्याद संसद्को पूूर्ण बैठकले मात्र थप नर्ग सक्छ । राजधानी दैनिकमा समाचार छ ।

]]>