देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिषेश अदालतबाट ४२ लाख जफत गर्न आदेश

देशान्तर

काठमाडौं । विशेष अदालतले घूस लिँदालिँदै गत वर्ष पक्राउ परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्कीसहित भन्सार एजेन्ट देवराज भट्टराईलाई दोषी ठहर गरेको छ । अदालतले कार्कीलाई १० लाख रुपैयाँ जरिवानासहित २ वर्ष कैद र भट्टराईलाई २२ लाख ४० हजार रुपैयाँ जरिवानासहित २ वर्ष ६ महिना कैदको फैसला गरेको हो ।

२१ लाख ४० हजार रुपैयाँ घूससहित पक्राउ परेका कार्कीले लुकाएर राखेको अवस्थामा थप ५१ लाख रुपैयाँ पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरामद गरेको थियो । अनुसन्धानका क्रममा भन्सारकै कर्मचारी सुरेश थपलियाको घरबाट बरामद भएको ५१ लाखमध्ये ४२ लाख रुपैयाँ राज्यकोषमा जफत गर्न पनि अदालतले आदेश दिएको छ ।

प्रतिवादी बनाइएका भन्सारका उपसचिव सुदिपचन्द्र शाहले भने सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू भूपेन्द्र राई, पवनकुमार शर्मा र महेशप्रसाद पुडासैनी इजलासको फैसलामा नासु कार्कीको बयानका बाबजुद भन्सारका निमित्त प्रमुख शाहमाथिको अभियोग प्रमाणित हुन नसकेको उल्लेख छ । कान्तिपुर दैनिकमा समाचार छ।

]]>