देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिभुवन विमानस्थलमा सुन तस्करीका घटना बढिरहे

देशान्तर

काठमाडौं । पछिल्लो समय त्रिभुवन विमानस्थलमा सुन तस्करीका घटना बढिरहेका छन् । तस्करीको मुद्दामा मुछिएका आरोपितमाथि सुनुवाइका लागि तत्काल पेसी तोक्ने र त्यसपछि निर्णय गर्ने लगायतका सम्पूर्ण अधिकारको प्रयोग भन्सार प्रमुखले गर्छन् ।

त्यतिबेला अर्थ मन्त्रालयले नै सहसचिव सरहको प्रमुखको सरुवा गरी अरू नपठाउँदा उपसचिव स्तरका निमित्त प्रमुख रहेका बेला सुन तस्करीका आरोपितहरूलाई सामान्य धरौटीमा छाड्ने क्रम बढेको थियो । प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा २ सय ८३ किलो सुन तस्करी भएको छ । चीनबाट भन्सार छलेर ल्याइने सुन नेपाली बजारमा बेच्दा प्रतिकिलो ५ लाख २० हजार रुपैयाँ फाइदा हुन्छ ।

भारतीय बजारमा झन् महँगो हुने भएकाले पछिल्लो समय तस्करीमा भारतीय नागरिकहरू सक्रिय छन् । बरामद भएको सुन जफत हुने भएकाले पक्राउ परेका व्यक्तिको रिहाइका लागि तस्करहरूले फाइदाको तुलनामा ठूलो रकम खर्चने गर्छन् । कान्तिपुर दैनिकमा समाचार छ।
 

]]>