देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाओवादी सांसद ल्हाक्याल लामाको बैक लकरमा हतियार भेटियो,लामा भने प्रहरी नियन्त्रणमा

देशान्तर

काठमाडौं । एकीकृत नेकपा माओवादी सांसद ल्हाक्याल लामा १४ थान गोलीसहित पक्राउ परेका छन् । विवादस्पद छविका लामा झलनाथ खनालको पालामा अर्थराज्यमन्त्री समेत भएको थिए । बिभिन्न देशको नागरिकता समेत भएको भनेर चर्चामा रहेका लामा २०७० सालको संविधानसभा चुनावको मुखमा एमाओवादी भएका थिए । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो ।

सोही छानविनकै क्रममा आइतबार दरवारमार्ग स्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्दा १४ थान गोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले बताए । बैंकमा रहेको लकर खोल्न सांसद ल्हाक्याललाई अख्तियारमा बोलाइएको थियो । तर, अख्तियारको टोलीले बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला परेको थियो । गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्ग स्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको छ । लामालाई हातहतियार खरखजना ऐन २०१९ अनुसार कारबाही अगाडि बढाउने गरी प्रहरीको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता पुस्करले बताए ।

सिन्धुपाल्चोक घर भएका लामा बिभिन्न देशको नागरिक भएको भन्दै विवादमा परेपछि अर्थराज्यमन्त्रीबाट राजीनामा दिएका थिए । एमाओवादी अध्यक्ष दाहाललाई राम्रै रकम भेटी चढाएर लामा सांसद बनेको चर्चा चलेको थियो । एमालेमा  खासै हैसियत नभएका लामालाई झलनाथ खनाल प्रधानमन्त्री हुदाँ अर्थराज्यमन्त्री बनेपछि एकाएक चर्चामा आएका थिए । उनको नियुक्तीलाई लिएर त्यत्तिवेलापनि एमालेभित्र चर्को विरोध भएको थियो । पछि लामाले २ वटा नागरिकता फरक फरक नाममा लिएको प्रमाण बाहिर आएइपछि खनालले राजीनामा दिन लगाएका थिए ।

नागरिकता प्रकरणबाट टाढिँदै  लामा एमाओवादी नजिक पुगे । एमाओवादी भित्र पनि लामालाई लिन हुन्न भनेर विरोध भएको थियो । तर उनले नेताहरुलाइ आर्थिक प्रलोभनमा पार्दै मुख्य पार्टी प्रवेश गर्ने गरेको उनलाइए नजिकबाट चिन्नेहरु बताउँछन् । उनलाई संविधान सभामा मनोनित नगर्न एमाओवादीभित्र पनि विरोध पनि भएको थियो तर विरोध पन्छाउँदै एमाओवादी अध्यक्ष प्रचण्डले लामालाई संविधानसभा सदस्यमा नियुक्त गरेका थिए ।

 

]]>