देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बन्द क्यासिनोलाई बक्यौता तिर्न अन्तिम मौका

देशान्तर

काठमाडौ । सरकारले बक्यौता तिर्न अटेर गरेका क्यासिनो सञ्चालकका लागि अन्तिम मौका दिने भएको छ ।
संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागले ३५ दिन भित्र तिर्न नआए कानुबमोजिम कानुन बमोजिम कारवाही गर्न अर्थ मन्त्रालय अन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यलयलाई सिफारिस गर्न जानकारी दिएको छ ।

नेपालमा यस अघि सञ्चालनमा रहेका ९ वटा क्यासिनोको बक्यौता तथा जरिवानागरी झण्डै १ अर्ब रुपैयाँ हाराहारीमा उठ्नु पर्नेछ । जसअनुसार क्यासिनो नेपालको सबैभन्दा बढी २६ करोड ६८ लाख, क्यासिनो फूलबारीको १६ करोड ८ लाख , अन्नाको १५ करोड २६ लाख, रोयलको ४ करोड, एभरेष्टको १ करोड ७१ लाख भेनस ३५ लाख, र्‍याडको ३३ लाख, ताराको २९ लाख रहेको छ ।

सरकारले क्यासिनोहरुले बक्यौता नतिरेपछि बन्द गरेको थियो । हालसम्म क्यासिनोहरुले बक्यौता तिर्न अटेर गर्दै आएका छन् । कारोबार दैनिकमा समाचार छ ।

]]>