देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्क कार्यक्रम समितिको बैठक पोखरामा सुरु

देशान्तर

पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको सिलसिलामा कार्यक्रम समितिको बैठक आज पोखरामा सुरु भएको छ । 

पर्यटकीय नगरी पोखरास्थित पोखरा ग्रान्ड होटलमा सुरु बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले गरेका छन् ।  

बैठकअन्तर्गत आज र भोलि कार्यक्रम समितिको बैठक हुने सहसचिव भट्टराईले जानकारी दिएका छन् ।  

कार्यक्रम समितिमा सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागिता रहेको छ । बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा गरिनेछ । 

दुईदिने उक्त बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिको बैठकमा प्रस्तुत हुनेछ । 

निर्धारित कार्यक्रमअनुसार चैत ३ गते आठवटै सदस्य मुुलुकका परराष्ट्र सचिवहरू सम्मिलित स्थायी समितिको बैठक हुनेछ भने चैत ४ गते सदस्य राष्ट्रका परराष्ट्र÷बाह्य मामिला मन्त्रीस्तरीय बैठक बस्नेछ । 

हाल नेपाल सार्कको अध्यक्ष भएकाले उक्त बैठक यहाँ आयोजना भएको हो । सार्कको इतिहासमा सरकारले पहिलोपटक मन्त्रिपरिषद् बैठक राजधानी बाहिर आयोजना गरेको हो । 

]]>