देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस केन्द्रिय सदस्यको मतगणना जारी , आजै अन्तिम नतिजा आउने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत  खुला र प्रदेशतर्फको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार आज दिउँसो नै मतगणना सकिने छ र मतगणना सकिएपछि १३ औं महाधिवेशनमा भएको निर्वाचनको सबै पदको नतिजा सार्वजनिक हुनेछ। 

खुल्लातर्फ आइतबारसम्म २७ सय ५० मत गनेर स्थगित भएको मतगणना विहान ९ बजे देखि पुन सुरु भएको छ। यस्तै प्रदेशबाट निर्वाचित हुने १४ जना  केन्द्रीय सदस्यहरुको मतगणना पनि जारी छ। सात प्रदेशबाट दुई दुईजनाका दरले १४ जना निर्वाचित हुने केन्द्रीय सदस्यहरुको पनि आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए।

खुल्लातर्फ २५ कोटाका लागि ९० जनाले प्रतिस्पर्धामा भाग लिएकोमा पौडेल प्यानलका ११ र देउवा प्यालनका १४ जना जितको नजिक पुगेका छन्। प्रदेश तर्फ भने ७ वटै प्रदेशमा दुवै तर्फका एक एक जनाको अग्रता कायम रहेको छ। सबै प्रदेशमा पहिलो स्थानमा पौडेल पक्षका छन् भने दोस्रो स्थानमा देउवा पक्षका छन्। 

यसअघि आरक्षणका सबै पदको परिणाम आईसकेको छ । 

]]>