देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायपरिषदको पत्र फिर्ता प्रक्ररणमा विवाद गर्नु आवश्यक छैनः सभामुख

देशान्तर

काठमाडौं ।  सभामुख ओनसरी घर्तीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीश नियुक्तीका लागि न्यायपरिषदको सिफारिस पत्र फिर्ता गर्नु सामान्य विषय भएको बताएकी  छन् । 

सिंहदरबार सोमाबार भएको पत्रकार सम्मेलनमा सभामुख घर्तीले संसदीय सुनवाई समितिले पूर्णता नपाएको अवस्थामा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न नसक्ने भएकाले न्यायपरिषदको पत्र फिर्ता पठाएको बताइन् । 

यो विषय सामान्य रहेको र यसलाई बढाइ चढाइ गरेर विवादमा ल्याउन आवश्यक नरहेको उनको भनाई छ । सरकारले समेत सुनवाई नभएको भन्दै प्रक्रिया अघि नबढाएकाले आफूले न्यायाधीश नियुक्ति सम्बन्धी न्यायपरिषदको पत्र फिर्ता पठाएको सभामुख घर्तीले बताइन् । 

संसदीय सुनवाई समितिले सरकार र नेपाल बार एशोसिएसनको तर्फबाट प्रतिनिधि नआएकाले पूर्णता पाउन सकेको छैन । यसले गर्दा प्रक्रिया प्रभावित भएको उनको भनाई छ । न्यायपरिषदले फेरि पत्र पठाएमा प्रक्रिया अघि बढाउने प्रष्ट पारिन । 

आफू सुनवाई समिति तथा संसदको नियमावलीलाई पूर्णता दिन प्रयासरत रहेको र यस विषयमा आफूले दलहरुसँग छलफल गरिरहेको उनको भनाई थियो ।  

]]>