देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेखर कोइराला अस्पतालमा भर्ना

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइराला अकस्मात् बिरामी भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।  

गएराति चिटचिट पसिना, कमजोर र एक्कासि झाडावान्ता भएपछि आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए ।  

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेत्री सुजाता कोइराला, नेता बलबहादुर केसीलगायत अस्पताल पुगेका थिए ।  

डा कोइरालालाई डा मधु घिमिरेको टोलीले उपचार गरिरहेको छ ।

]]>