देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको प्राथमिकता सरकार होइनः देउवा

देशान्तर

काठमाडौँं। नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले काँग्रेस सत्तामा जान लालायित नभएको बताएका छन् । 

पार्टी सभापतिमा निर्वाचित भएपछि उनलाई बधाई दिन नेपाल प्रेस युनियनले उनको निवास बुढानीलकण्ठमा आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले यस पटक काँग्रेस सत्ता बाहिरको रचनात्मक पहरेदारको भूमिकामा बसी मधेसका माग, संविधान कार्यान्वयन, स्थानीय तथा प्रदेशको निर्वाचन लगायतमा कटिबद्ध हुने बताए ।  

पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा नेपाली पे्रसको सहयोग र योगदान अपरिहार्य भएको बताए ।  अर्को एक प्रसङ्गमा उनले स्वतन्त्र न्यायपालिकामा पूर्वसांसदलाई नियुक्ति गर्न खोज्नु लाजमर्दो भएको टिप्पणी पनि गरे ।  

]]>