देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कछुवा संरक्षण अभियान सुरु

देशान्तर

पथरी ।  मोरङको बेलबारीमा रहेको वेतना सिमसारले कछुवा संरक्षण अभियान सुरु गरेको छ । सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको हो ।

    सिमसार क्षेत्रमा रहेको तालमा आठवटाभन्दा बढी प्रजातिका झन्डै ३०० भन्दा बढी कछुवा रहेको वेतना सिमसारका सदस्य भोजराज बस्नेतले जानकारी दिए ।  

कछुवा हेर्नका अतिरिक्त सिमसारको मनोरञ्जन लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले सिमसार क्षेत्र वरपर आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । 

     
    यसैबीच, जिल्ला वन कार्यालय मोरङले वनमा लाग्ने डढेलो तत्काल नियन्त्रण गर्न अभियान सञ्चालन गरेको छ । गर्मी तथा सुक्खायाममा वनजङ्गलमा हुने आगलागीका घटना रोक्न  कार्यालयले वन जङ्गलमा लागेको डढेलोलाई एक घन्टामा नियन्त्रण गर्नेगरी  अभियान सुरु गरेको हो ।

    वन कार्यालयले डढेलो नियन्त्रण गर्न सामुदायिक वनसँग जोडिएका गाउँका बासिन्दालाई सचेत गराई विभिन्न कार्यालयलाई अग्नि नियन्त्रणका सामान वितरण गरिएको जिल्ला वन कार्यालय मोरङका प्रमुख दीपक ज्ञवालीले बताए ।  

    डढेलोका कारण करोडौँ मूल्यका काठ नष्ट हुने भएकाले कार्यालयले सलकपुर, वेलबारी तथा मङ्गलबारेमा अग्नि नियन्त्रणका लागि पानी पम्प, हेलमेट, बेल्चा तथा आगो नियन्त्रण ड्रेस वितरण गरेको छ ।

    आगलागी नियन्त्रणमा खटिएकालाई पारिश्रमिक दिएर भए पनि रूख जोगाउने अभियानमा कार्यालय लागिपरेको कार्यालय प्रमुख ज्ञवालीले बताए । उनले आगो निभाउन सघाउनेलाई कार्यालयले पैसा दिएर भएपनि केही घन्टामै डढेलो नियन्त्रण गर्ने अभियानमा लागिपरेको प्रष्ट पारे. ।  डढेलो लाग्न नदिन उत्तरी मोरङका एक दर्जन गाविसमा सचेतनामूलक ¥याली तथा सडक नाटक लगायतका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । कार्यालयले वनजङ्गलभित्र चुरोट बिँडी खानेलाइ कडा कार्वाही पनि गरेको जनाएको छ ।

]]>