देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच रुपैयाँ कप चिया ?

देशान्तर

पथरी । अहिलेको बजारमा एक कप चियाको मूल्य कति पर्ला ? रु १०, १५, २० वा त्यो भन्दा बढी ? तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आएका छन् ।  

    पाँच वर्षअघि सम्म एक रुपैयाँ कप चिया बेचेका सञ्जेलले सबै महँगी धानेर चियाको दाम पाँचभन्दा माथि बढाएका छैनन् । ६५ रुपैयाँ लिटरको दुध, ७० रुपैयाँ किलो चिनी र इन्धनको अभावमा समेत उनले पाँच रुपैयाँ कप चिया बेच्दै आएका छन् ।  

करिब तीन दशकसम्म खेती गर्दा पनि आर्थिक लाभ नभएपछि सञ्जेलले करिब १० वर्षअघि विराटचोकमा चिया पसल थालेका थिए ।  पाँच रुपैया कप बजारको मूल्य हँुदा उनले एक रुपैयाँ कप चिया बेच्न थालेका थिए ।  ५० वर्षीय सञ्जेलको चिया पसलबाहेक अरू कुनै व्यवसाय छैन । 

सो चिया पसल गरेरै सञ्जेलले विराटचोकमा रु १० लाखमा घडेरी किनेका छन् । त्यति मात्र होइन उनले चिया पसलबाटै भएको आम्दानीले दुईवटी छोरीको विवाह गरेको सुनाउछन् ।  लीलाप्रसाद सङ्खुवासभा जिल्लाको आँखीभुइँबाट २०३३ सालमा तराई झरेका थिए ।  

]]>