देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिपीआर स्वीकृत नहुँदा राहुघाट विद्युत आयोजना अन्यौलमा

देशान्तर

बाबियाचौर  । भारतीय निर्माण व्यवसायीले अधिकल्चो बनाएर छोडेको जिल्लामा निर्माण हुन लागेको राहुघाट जलविद्युत् आयोजना अन्योलमा परेको छ । 

नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी आइभिआरसिएलसँग भएको ठेक्का सम्झौता तोडेर क्षमता विस्तार गरी निर्माण कार्य अघि बढाउन तीन महिनाअघि सुरु गरेको प्रक्रिया अझै पूरा भएको छैन् । 

राहुघाटको पुनः नक्साङ्कन गरेर तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन ९डिपीआर०को विषयमा प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्न नसक्दा अन्योलता उत्पन्न भएको सांसद नवराज शर्माले बताए ।  

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सदस्यसमेत रहेका शर्माका अनुसार हाल ३२ मेगावाट क्षमताको सो आयोजनालाई ४० मेगावाट बनाउने प्रस्तावसहितको डिपीआर तयार गरेर तीन महिनाअघि सञ्चालक समितिमा पेस गरिएको थियो । 

आयोजनामा म्याग्दीवासीलाई लगानीको अवसर दिन कम्पनीमा लैजाने र इन्जिनियरिङ, प्रबन्ध तथा निर्माण ९इपिसी० मोडलमा आयोजना निर्माण गर्ने प्रस्ताव भएको थियो । सञ्चालक समितिले तीन महिनासम्म डिपीआर स्वीकृत पनि नगर्ने र विकल्प पनि नदिनुले शङ्का उत्पन्न गराएको सांसद शर्माको भनाइ छ । 

डिपीआरको विषयमा निर्णय नहुँदा बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया सुरु गर्न ढिलाइ भएको आयोजनाको बेनीस्थित कार्यालयका कर्मचारीले बताएका छन् । नक्साङ्कन र डिपीआरको बारेमा उपल्लो तहमा निर्णय नहुँदासम्म आयोजनाको काम अघि बढाउन नमिल्ने आयोजनाका कर्मचारी ईश्वरसिंह बोहोरा बताउछन् ।  

जिल्लाको झिँ र दग्नाम गाविसको सिमानामा बाँध रहने सो आयोजनाको पिप्ले तिल्केनीचौरमा विद्युतगृह निर्माणका लागि पुरानो ठेकेदारले सामान्य काम सुरु गरेर छाडेको थियो । यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६६ सालदेखि निर्माण प्रक्रिया सुरु भएको राहुघाट आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ११ प्रतिशत मात्र भएको छ । 

]]>