देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेका किसान केरा खेतीतर्फ आकर्षित

देशान्तर

बाँके  । जिल्लाका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । 

पहिले धान गहुँ लगाउने किसानले केही वर्षयता व्यावसायिक केराखेती गर्न थालेका हुन् । केराखेतीमा यथेष्ट आम्दानी हुने भएकाले व्यावसायिक रुपमा लागेको महादेवपुरीका किसान लक्ष्मीप्रकाश केसीले बताए ।  

पानीको सुविधा भए केराखेती गर्न सकिने भएकाले पनि यस क्षेत्रका किसान व्यावसायिक रुपमै लागेका हुन् । व्यावसायिक रुपमा लाग्दा विभिन्न निकायले पनि सहयोग गर्ने र बजार व्यवस्थापन समेत राम्रो भएकाले केराखेतीलाई व्यवसायीकरण गरिएको अर्का किसान कर्णबहादुर बूढाक्षेत्रीले बताए ।  

]]>