देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाद्वारा सात जना केन्द्रीय सदस्य मनोनित

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको पदभार ग्रहण कार्यक्रममा सभापति देउवाले मनोनित घोषणा गरेका छन् ।

उनले सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्ण सिटौला, महामन्त्रीमा पराजित अर्जुनरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् । यस्तै नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्य मनोनित गरेका छन् । महाधिवेशनको पूर्वसंध्यामा उनी विरामी भएका थिए । उनी अझैसम्म पूर्ण स्वस्थ भइसकेका छैनन् ।

देउवाले मनोनितहरुको नाम घोषणा गर्ने क्रममा गगन थापालाई छुटाए । त्यसपछि हलमा सहभागीहरुले अनौठो माने र कानेखुसी चल्यो । लगतै कार्यक्रम सञ्चालकले सबै मनोनितहरुको नाम भन्ने क्रममा महामन्त्रीमा पराजित गगनको नाम पनि भनेका थिए । 

]]>