देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाधिवेशनपछि पहिलो केन्द्रीय समितिको बैठक आज

देशान्तर

काठमाडौं । १३ औँ महाधिवेशनबाट आएको नयाँ नेतृत्वपछि नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको बैठक बस्दैछ। नवनिर्वाचित सभापति शेरवहादुर देउवाले आज  पहिलो केन्द्रीय समितिको बैठक बोलाएका हुन्।  वैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ। पहिलो केन्द्रीय समितिको बैठकले १३ औं महाधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए।

 उनका अनुसार महाधिवेशनमा सहाभागी प्रतिनिधिहरु, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनमा खटेर निर्णायक भूमिका खेल्ने निर्वाचन समिति, अधिवेशन सफल बनाउन सक्रियता देखाएका क्रियाशिल सदस्यहरु, अधिवेशन उद्घाटन समारोहमा सहाभगी भएर शुभकामना दिने राजनीतिक दलका नेतथाहरु, विदेशी आमन्त्रित पाहुनाहरु ल्गायत शुभेच्छुहरुलाई केन्द्रीय समितिले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ।

 यसैगरी लामो समयदेखि हुन नसकेको नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठनको अधिवेशन गराउने विषयमा पनि छलफल हुने खाँणले जानकारी दिए।   निर्वाचित ६४ जना र सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका ७ जना सहित कांग्रेसको केन्द्रीय समिति ७१ सदस्यीय भएको छ। सभापतिले थप १४ जना केन्द्रीय सदस्य मनोनित गर्न अझै बाँकी छ। 

]]>