देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुपूर्णिमा हर्षोल्लासका साथ मनाइँदै , तराईमा भोलि खेलिन्छ होली

देशान्तर

काठमाडौं । आज फागूपूर्णिमा। पहाडी भेगमा आज  होली खेलेर हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौसहित पहाडी क्षेत्र भन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ।

तराईमा भोलिमात्रै होली मनाइन्छ।  फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ। फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन्।

होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।  काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरु भएको मानिन्छ। होली पर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ। 

]]>