देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायती राजकुमार ह्यारीबाट सूर्योदयको अवलोकन

देशान्तर

लम्जुङ। बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले आज लम्जुङमा बिहानको सूर्योदयसँगै प्राकृतिक मनोरमका उत्कृष्ट नमुनाका रुपमा रहेका हिमाली दृश्य अवलोकन गरेका छन् । उनले सूर्यादयलगायतका मनोरम हिमाली दृश्यलाई आफ्नो निजी मोबाइलमा कैद गरे ।  अन्नपूर्ण दोस्रो, माछापुच्छे  लम्जुङ, मनास्लु, हिमचुली र एलएचल्हो हिमाल र सूर्योदयका दृश्यलाई उनले निकै अभिरुचीपूर्वक अवलोकन गरेका गरेका थिए । नेपालको औपचारिक पाँच दिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुग्नुभएका ह्यारी हिजो लम्जुङ जिल्लाको गौँडा गाविसस्थित लेउरानीमा बास बसेका हुन्  ।

उनले दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकका तर्फबाट सो गाउँबाट सहभागी स्व गन्धुराम तामाङको घरमा बसीे उनकी श्रीमती मङ्गली तामाङसँग बेलुकाको खाना खाएका थिए । सोमबार बेलुकाको असिना पानीले एक्कासि चिसो बनेको वातावरण भए पनि राकुमार ह्यारी बिहानै ५ बजे उठी हिमाली दृश्यको अवलोकन गरेका थिए । नेपाली परम्पराअनुसार उनले आज लम्जुङमा फागु खेल्ने कार्यक्रम छ भने त्यसपछि उनी एक घन्टा पदयात्रामा जानेछन् । 

यसैबीच कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी हुन राजकुमार ह्यारी आज पोखरा पुग्नेछन् ।  समारोहमा सहभागी भई ह्यारी आजै काठमाडौंँ फर्कने कार्यक्रम रहेको रेग्मीले जानकारी दिए । बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा आउन लागेका हुने ।  नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् । 

]]>