देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करोड खाएर मनपरी हाकिम !

देशान्तर

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा ऐन र नियमावलीविपरीत स्वास्थ्य सेवाका विभिन्न निकायमा पद समूहबाहिरका अधिकारीलाई ‘पैसाकै खेलमा’ मनपरी हामिक बनाइरहेको छ । पदअनुसारका विशेषज्ञ जिम्मेवारीमा नहुँदा लामो समयदेखि सञ्चालनमा रहेको जनस्वास्थ्य कार्यक्रम र मन्त्रालयको वार्षिक प्रगतिमा समेत प्रत्यक्ष असर देखिन थालेको छ ।

स्वास्थ्य सेवा नियमावलीले मन्त्रालयमा विशेषज्ञ सेवाका लािग कामको प्रकृति हेरेर सोहीबमोजिम विशेषज्ञ जनशक्ति रहने गरी जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रालयले भने ऐन र नियमावलीअनुसार पदसमूहसमेत नहेरी पैसाको खेलमा मनपरी हाकिम बनाइरहेको छ । सचिवसरहका चिकित्सकत्रय डा. पदमबहादुर चन्द, डा. सेनेन्द्रराज सप्रेती र डा. किरण रेग्मी मन्त्रालयमै पेण्डुलम पारिएका हुन् ।

पाँच क्षेत्रीय स्वास्थ्य निर्देशकमध्ये एक जना मात्रै समूह मिल्ने छन् । त्यसैगरी, महानिर्देशक नै नियमविपरीत जिम्मेवारी दिइएको स्वास्थ्य सेवा विभागमा सातमध्ये तीन जना मात्रै सेवासमूह मिल्ने छन् । मन्त्रालयमा पदमा रहेको महाशाखामा दरबन्दी राखेर असम्बन्धित महाशाखामा काममा खटाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

]]>