देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराइमा आज होली मनाईंदै

देशान्तर

काठमाडौं । रङहरुको पर्व होली आज तराइमा मनाईंदैछ ।  राजधानी  काठमाडाैं सहित पहाडी जिल्लाहरुमा होली हिजो धुमधामसँग मनाइएको थियो  । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा खुसीयाली  प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा  रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । 

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ ।

]]>