देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच भेटवार्ता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलका बीचमा भेटवार्ता भएको छ । सभापति देउवा बरिष्ठ नेता पौडेललाई भेट्न उनको निवास बोहोराटारमा पुगेका थिए । दुई नेताका बीचामा करिब आधा घण्टा छलफल भएको थियो । भेटमा सभापति देउवा र पौडेलबीच संसदीय दलको नेता चयन, उपभापति, महामन्त्री, सहमहामन्त्री लगायत केन्द्रीय सदस्य मनोनित गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । 

छलफलका क्रममा बरिष्ठ नेता पौडेलले पार्टी भित्र सवैलाई मिलाएर अघि बढ्न सभापति शेरवहादुर देउवालाई आग्रह गरेका छन् । सभापति देउवालाई पौडेलले कसैलाई काखा र कसैलाई पाखा राखेर अघि बढे त्यो पार्टीको हितमा नहुने भएकाले सवैलाई मिलाएर अघि बढ्नुको विकल्प नरहेकाले नेताहरुको मूल्यांकन गरेर जिम्मेवारी दिन आग्रह गरे ।

सभापति देउवालाई उनले आफ्नो पक्षका नेताहरुलाई बाइपास गरेर अघि बढ्न खोजे पार्टीमा पहिले जस्तै तिक्तता आउने भएकाले सचेत रहन सुझाव समेत दिए ।  पौडेलले देश संकटमा भएकाले देशको नै नेतृत्व गर्न पनि पार्टीलाई एक बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका थिएको स्रोतले बतायो । उनले पार्टीमा सवैको मूल्यांकन गरेर क्षमता अनुसारको जिम्मेवारी दिन समेत देउवालाई सुझाव दिए । पौडेलले पार्टीमा कुरा नमिल्दा अन्य प्रतिस्पर्धी दलहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले पहिले पार्टी भित्रका नेताहरुलाई उचित जिम्मेवारी दिनु पर्ने बताएका थिए ।

जवाफमा देउवाले आफू पार्टीलाई एक बनाउन लागि परेको भन्दै विवाद सिर्जना हुने स्थिति आउन नदिने प्रतिबद्धता जनाएका थिए । देउवाले पार्टी भित्र सवै नेताहरुसँग सल्लाह र छलफल गरेरै निर्णय गर्नेमा पौडेललाई आश्वास्त बनाउन खोजेका थिए । देउवाले हरेक निर्णय पौडेलसँग सल्लाह नगरी नगर्ने बचन दिएका छन् । सभापति देउवाले सवै साथीहरुलाई क्षमता अनुसारको जिम्मेवारी दिन आफु तयार रहेको बताए । 

 

]]>