देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसी मोर्चाका शीर्ष नेताहरु भारतीय दूतावासमा

देशान्तर

काठमाडौं ।  मधेसी मोर्चाका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन्। भारतीय राजदूत रञ्जित रेको निम्तापछि शीर्ष नेताहरु दूतावास पुगेका हुन्। उनीहरु दूतावासभित्रको इन्डिया हाउसमा ब्रेकफास्ट छलफल गर्ने बताइएको छ ।

दूतावासमा जानेमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव छन्। छलफलमा महेन्द्रराय यादव र शरदसिंह भण्डारी भने सहभागि नभएको बताइएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सहमति सम्झौता गरेपछि राजदूत रेले सो बिषयमा छलफल गर्नका लागि बोलाएको अनुमान लगाइएको छ ।  मोर्चाका नेताहरुले पनि कि बोलाउको बिषयमा जानकारी नभएको बताएका छन् । 

]]>