देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुद्धताको खोजी

देशान्तर

श्रीआचार्य    

हरेक मान्छेमा शुद्धता–पवित्रताप्रति उत्कट चाह हुन्छ । शुद्धता वा पवित्रता इमानदारितामा हुन्छ । इमानदारिताको अर्को नाम सच्चरित्रता हो । सच्चरित्रताले सबैको मन लोभ्याउ“छ । अर्थात् अशुद्धता, बेइमानी र चरित्रहीनता कसैलाई मन पर्दैन । मान्छे स्वयं आफ्नो ठाउँमा कति शुद्ध–पवित्र, इमानदार र चरित्रवान् हुन्छ– त्यो चैं बेग्लै हो । तर अर्कोबाट भने मान्छेले सधंै यही तत्वको अपेक्षा राख्दछ । आफूले जति खराब गरे पनि हुने तर अर्कोबाट असल काम र इमानदारिता चाहनु मान्छेको असली स्वभाव हो । त्यसैले यो विश्व–मानव समाजमा सबैभन्दा बढी विक्ने तत्व हो शुद्धता, इमानदारिता र सच्चरित्रता । पेसा वा व्यवसाय जेसुकै होस्– सबैमा चाहिने, खोजिने तत्व त्यही हो । अशुद्ध, बेइमान र चरित्रहीनहरू कुनै पनि पेसामा टिक्दैनन् । भनिन्छ, खराब काम गर्नेहरू आफ्नो कामप्रति सबैभन्दा बढी इमानदार हुन्छन् ।

उनीहरूको नजरमा पवित्र र चरित्रवान् पनि । अब हामीले मानेको खराब काममा पनि त्यही इमानदारिता र सच्चरित्रता चाहिन्छ, खोजिन्छ र बिक्छ भने केलाई शुद्ध–पवित्र, इमानदारिता मान्ने ? यो तत्व कहाँ कसरी खोज्ने ? अझ यसको उल्टो, हामीले शुद्ध–पवित्र, इमानदारिता र सच्चरित्रताको सधंै बास हुन्छ भनेर विश्वास गरेको स्थलमा त्यो देखिएन वा त्यहाँ भए हुने गरेका क्रिया–कर्मबाट त्यस्तो अनुभूत गर्न पाइएको छैन भने, शुद्धताको परिभाषा कसरी गर्ने ? इमानदारिता कहाँ खोज्ने ? समाजमा निष्ठा र आदर्शको चिनारी कसरी गर्ने, गराउने ? 

    यसको सोझो र सजिलो उत्तर छ : पवित्रता वा इमानदारिता आफू आफैंमा खोज्ने तत्व हो, अन्य दोस्रोमा हैन । भन्छन् नि, आफू भलो त जगतै भलो । आदर्शका यस्ता कुरा जति गरे पनि सांसारिक यात्रा द्रित्वमा चलेको यथार्थ अस्वीकार गर्न सकिन्न । आजको होस् या हिजोको मान्छे– व्यवहारमा ऊ आपूm एक्लो कहिल्यै बाँचेको छैन । अद्रैत दर्शनको व्याख्या बहस आफ्नो ठाउँमा छ । त्यसमा प्रश्न चिन्ह लगाउन सकि“दैन । त्यसको अर्कै आनन्द मार्ग छ । हामी त्यो विशाल र एकत्वको यात्रामा छैनौं । हामी समग्र अखण्डतामा हैन भिन्न र खण्डखण्डमा बाँचेका छौं । आफू हैन घर, परिवार, समाज राष्ट्र, धर्म, संस्कृति, परम्परा बाँचेका छौं । मानव हैन हिन्दु, मुसलमान, इसाई, जैन, बौद्ध आदि इत्यादि बाँचेका छौ । नेपाल, भारत, अमेरिका, जापान विविध नाममा कुनै देश बाँचेका छौं ।  त्यसभित्र राजनीति, प्रशासन, प्रहरी, अड्डा– अदालत यस्तैयस्तै नानाविधा विषय र वस्तुमा बाँडिएर हामी बाँचेका छौं । अतः हामी आफूभित्र शुद्धता वा इमानदारिता खोज्न सक्दैनौं । दोस्रोमा शुद्धता वा इमानदारिता खोज्नै पर्छ । हाम्रो सामाजिक व्यवस्था वा विधि– जे भनौं, त्यसरी नै बनेको छ । 
    अतः राजनीति शुद्ध हुनु प¥यो । प्रशासन, प्रहरी, अड्डा–अदालत, सबैतिर इमानदारिता र सच्चरित्रता हुनुप¥यो । हाम्रो चाहना यही हुन्छ । जहीँकहीँको नागरिकको चाहना यही र यस्तै हो । त्यस निम्ति केही निश्चित मापदण्डहरू बनाएर अनि मानेर पनि आइएको छ भने त्यसअनुसार तत्तत् ठाउँबाट सो मापदण्ड बमोजिमको कार्यअपेक्षा गर्नु पटक्कै अन्यथा हैन । राज्यव्यवस्थाको परिकल्पना र अनेकानेक किसिमका शासन प्रणाली त्यसै लागू गरिएको हैन । जनता वा आम नागरिकले सरकारका अवयवबाट इमानदारितापूर्वक कार्यको आशा राख्छ । त्यहाँ शुद्धता र सच्चरित्रताको अपेक्षा गरिन्छ । कतैबाट पनि अख्तियारको दुरुपयोग हुनु भएन । राजनीतिक नेता–कार्यकर्ताले जनताको भावनाको प्रतिनिधित्व गरेर सोहीअनुसार काम गर्नु  प¥यो । अदालतवाट न्याय मिल्नै प¥यो । अनिमात्र विश्वास हुन्छ । यस्तो अपेक्षा राख्नु जनताको  हक नै हो । किनभने जनताबाट राज्यले कर असुलेको हुन्छ । तर हामी नेपालीको विडम्बना के छ भने, जनताले त्यस्तो अपेक्षा गर्नु यहाँका राजनीतिक नेता–कार्यकर्ता, न्याय–अदालत, प्रशासन–प्रहरी सबैतिरबाट खिसिटिउरी गरिन्छ । 

धेरै काम कुराको उदाहरण टिपेर साध्य छैन । यस्तो हुने गरेको अहिलेमात्र हैन उहिलेदेखि हो । कुनै पनि शासनकालमा कतै पनि शुद्धता वा इमानदारिता पाइएको छैन । राजनीति, न्याय, प्रशासन सबैतिर उस्तै हो । एउटा उदाहरणः नेपाली कांग्रेसको महाधिवेशनमा त्यस पार्टीका नेता खुमबहादुर खड्काको जबर्जस्त प्रभाव देखियो । उहाँ आफूले मात्र चुनाव जित्नु भएन, आफूले समर्थन गरेको व्यक्तिलाई सभापति र केहीलाई सदस्य पदमा जिताउन पनि सफल हुनुभयो । खड्का, भ्रष्टाचारको मुद्दा लागेर अदालतबाट दोषी ठहर भई जेल सजायसमेत भुक्तमान गरिसकेको व्यक्ति हुनुहुन्छ । त्यसलाई उहाँले आफूमाथि नियोजित रूपमा अन्याय गरिएको बताउँदै आउनु भएको छ । न्याय नपाए पनि आफूले अदालतको सम्मान खातिर जेलसजाय स्वीकार गरेको उहाँको भनाइ छ । सत्यता के हो, अख्तियार र अदालतले नै जानून् ।

तर उहाँको त्यो भनाइलाई कांग्रेसका प्रतिनिधि कार्यकर्ताले पत्याए र उहाँलाई अत्यधिक मत दिएर स–सम्मान जिताए । तर त्यस्तै पात्र चिरञ्जीवी वाग्लेको प्रभाव केही देखिएन । उहाँलाई त्यस पार्टीका कार्यकर्ताले पत्याएनन् । सो, उहाँले चुनाव हार्नुभयो । अख्तियार र अदालत यी दुईमा को सत्य–साँचो हो भन्ने यकिन गर्न नसकिए पनि कांग्रेस महाधिवेशनमा खुमबहादुरको विजय र चिरञ्जीवीको पराजय चाहिँ सत्यको रूपमा हामी सबैका सामु छर्लङ्ग उपस्थित छ । अब यहाँ अख्तियार, अदालत वा खुमबहादुर, चिरञ्जीवी वा कांग्रेसका कार्यकर्तामाझ शुद्धता वा इमानदारिता कता खोज्ने हो । यहाँ, घटना ताजा भएकोले खुमबहादुर र चिरञ्जीवीको नाम उदाहरणको लागि प्रतिनिधिपात्रको रूपमा टिपिएको हो । वास्तवमा कुरा अख्तियार, सर्वोच्च अदालत र राजनीतिको हो । यिनका चायन, अनुसन्धान र फैसला नियोजित हुन्छन् । यिनले व्यक्तिहरूलाई छानीछानी दुःख दिन्छन् र बदनाम गराउँछन् ।

 जनता र देशको लागि कसैले काम गर्दैनन् भन्ने आमविश्वास बढ्दो छ । यो मेसोमा राजनीतिक नेता र अख्तियार त मिलिजुली नै बदनाम थिए । यसपटक न्यायपरिषद्मार्फत सर्वाेच्चका प्रधानन्याधीशसमेत मैलिनुभयो, न्यायमूर्तिको सिफारिसमा  राजनीतिक कार्यकर्ता गरेर । देशका लागि यो बडो खतरनाक अवस्था हो । किनभने, जनताले नपत्याउने वा विश्वास नगरेको राजनीति, अदालत, अख्तियार, प्रशासन, प्रहरीले देशको रक्षा गर्न सक्दैन । राजनीति र राज्यका यी अवयवहरूमा शुद्धता र इमानदारिता जबसम्म हुँदैन, तबसम्म जनताले यिनमाथि विश्वास पनि गर्दैन । खै त्यो शुद्धता र इमानदारिता अब चैं कहाँ खोज्ने हो कुन्नि ।

 

]]>