देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हावाहुरीले केराखेतीमा ठूलो क्षति

देशान्तर

रत्ननगर। चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । 

चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पु¥याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।  

उनको आफ्नै केराबगानमा समेत क्षति पुगेको छ । चैनपुरमा रहेको नौ विगाहा क्षेत्रमा लगाएको केराको आधाभन्दा बढी ढलेर नष्ट भएको पन्तले बताए ।  

अन्य दर्जनौँ केरा किसानले क्षति भएको भनेर जानकारी दिएकाले विवरण सङ्कलन हुन नसकेको उनले बताए । आज विंवरण सङ्कलन गरिने पन्तको भनाइ छ । 

केरा व्यवसायीको बैठक बसी तथ्याङ्क सङ्कलनका लागि जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर आज अनुगमन गर्ने उनले बताए। 

छ वर्षअघि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत चितवनमा केराखेतीलाई प्रवद्र्धन गरिएपछि रु ६० करोड लगानी भइसकेको छ । जिल्लामा २०४७ सालदेखि केराखेती सुरु भएको थियो । २०५१ सालदेखि व्यावसायिक केराखेती सुुरु भएको चितवनमा पछिल्लो तथ्याङ्कमा दुई हजार २०० विगाहा जमिनमा खेती गरिएको छ । 

किसानले झापाली मालभोग र विलियम हाइब्रिड जातको केरा लगाउँदै आएका छन् । उत्पादित केरा काठमाडौँ, बुटवल, पोखरा र नारायणगढ बजारमा खपत हुन्छ । 

जिल्लामा रहेका केरा कृषकमध्ये १२० जनाले मात्रै बिमा गरेकाले बिमा नगर्नेले क्षतिपूर्ति पाउन सक्दैनन् र अघिल्लो वर्ष चितवनमा कुल ४४ हेक्टरमा रहेको केराखेती नोक्सान हुँदा रु दुई करोड ३८ लाख क्षति भएको थियो ।

]]>