देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैँडाको आक्रमणबाट एकको मृत्यु

देशान्तर

चितवन। पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैँडाको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाँस काट्न सामुदायिक वन पुगेका रत्ननगर नगरपालिका वडा नं ९ निवासी अन्दाजी ५३ वर्षीय मानबहादुर गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । 

आज बिहान ८ बजे घाँस काट्न सामुदायिक वनमा छिरेका गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, सरकारी वन र सामुदायिक वनभित्र र बाहिर निस्किएर गैँडाले बर्सेनि स्थानीयवासीको ज्यान लिँदै आएको छ । 

]]>