देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधान सम्पादक राणालाई गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

देशान्तर

काठमाडौ । रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार देशान्तर साप्ताहिकका प्रधान सम्पादक कविर राणा र नागरिक दैनिकका सम्पादक गुणराज लुईंटेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली राजनीतिका महानायक नेपाली काँग्रेसका पुर्व सभापति, पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापीत यो पुरस्कार तीन दशकदेखि पत्रकारितामा सक्रिय पत्रकारद्वय राणा र लुईटेललाई प्रदान गर्ने निर्णय गरिएको हो ।

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिको वैठकले छापा माध्यमबाट देश, जनता, लोकतन्त्र, दिगो शान्ति र व्यवसायिक पत्रकारिताका पक्षमा योगदान पु¥याएबापत जनही ५०÷५० हजार रुपैयाँ राशीको यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी प्रजातन्त्र सेनानी तारिणीप्रसाद कोइरालाको स्मृतिमा स्थापीत ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक राजु सिलवाल र अन्नपूर्ण पोष्ट दैनिकका नायव सम्पादक चुडामणी भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कार २५÷२५ हजार रुपैयाँ राशीको छ ।

नेपाल टेलिभिजनमा स्थापनाकालदेखी नै शक्रिय सिलवाल बिबिसी नेपाली सेवामा पनि कार्यरत रहीसकेका छन् । जनआस्था र नेपाल साप्ताहिकमा काम गरीसकेका भट्टराई डेढ दशकदेखि छापा माध्यममा शक्रिय छन् ।

यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्का नयाँ पत्रिका दैनिकका फोटो पत्रकार अमुल थापालाई प्रंदान गरिने निर्णय गरिएको छ । राजनीतिक संक्रमणकाल, भुकम्पलगायतका कठिन घडीमा साहसपुर्वक फोटो पत्रकारिता गरी विश्वमै नाम कमाएका थापालाई दिइने यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

यसैगरी सर्वश्रेष्ठ युवा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका वरिष्ठ उप–सम्पादक बसन्त बस्नेतलाई प्रदान गरिने निर्णय गरिएको छ । नागरिक दैनिकलगायतका पत्रिकामा काम गरिसकेका बस्नेतलाई दिइने यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

यसैगरी कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल बाणि नेटवर्कका समाचार निर्देशक दामोदर दवाडीलाई प्रदान गरिने भएको छ । नयाँ विकल्प साप्ताहीकका प्रधान सम्पादक दवाडीलाई दिइने यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

घोषित सबै पुरस्कारहरु यही चैत्र १७ गते रिपोर्टर्स क्लव नेपालको १८ औं वार्षिकोत्सव का अवसरमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ ।

मदन भण्डारी स्मृति पुरस्कार स्थापना

यसैगरी रिपोर्टर्स क्लव नेपालले नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक, सँगठक एवं कुशल वक्ता एमालेका पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा पनि पुरस्कार स्थापना गरेको छ । ५० हजार रुपैयाँ राशीको यो पुरस्कार क्लवको १८ औं वार्षिकोत्सवका अवसरमा स्थापना गरिएको हो । यो पुरस्कार आगामी १९ औं वार्षिकोत्सवदेखी हरेक वर्ष प्रदान गरिने क्लवका अध्यक्ष धमलाले जनाए ।

]]>