देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१४ महिनाभित्र ९५८ मेगाबाट विजुली थपिने

देशान्तर

काठमाडौं । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिने छ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आगामी एक वर्षभित्र हुने आन्तरिक उत्पादन बृद्धि र भारतबाट आयात गर्न सकिने थप बिजुलीका कारण वर्षायाममा पूर्णरुपमा लोडसेडिङ अन्त्य हुन सक्नेछ भने हिउँदमा समेत लोडसेडिङ न्यूनमात्र रहनेछ। हाल बिजुलीको माग १३ सय मेगावाट छ भने उत्पादन ८ सय २९ मेगावाट मात्र छ।

नेपालले लोडसेडिङ घटाउन हाल भारतबाट ३ सय १५ मेगावाट हाराहारीमा आयात गरिरहेको छ। आगामी वर्ष बिजुलीको माग बढेर १४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण विद्युत प्राधिकरणको छ। त्यतिबेलासम्म मुलुकमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये ४० वटाको निर्माण सम्पन्न भई त्यसबाट ३ सय ५८ मेगावाट बिजुली उत्पादन सुरु भइसक्नेछ।

ती अधिकारीका अनुसार निजी क्षेत्रका ३८ आयोजना सम्पन्न भई ३ सय १४ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ भने विद्युत प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाट ४४ मेगावाट बिजुली थपिनेछ। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>