देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजकुमार हृयारी आज बेलायत फर्कने

देशान्तर

काठमाडौं । बेलायती राजकुमार हृयारी ११ दिने बसाइ सकेर बुधबार बेलुका स्वदेश फर्किने भएका छन् । काठमाडौंस्थित बेलायती दूतावास स्रोतका अनुसार हृयारी बेलुका ९ः१५ को कतार एयरवेजको विमानबाट स्वदेश फर्किने भएका हुन् ।

हृयारी मंगलबार अपराहृन गोरखाको लापू गाविसबाट काठमाडौं आएका थिए । उनी लैनचौरस्थित बेलायती दूतावासमै बसेका छन् । नेपालमा रहदाँ ह्यारीले राष्ट्रपति, प्रधानमन्त्रीसाग भेटघाट गरेका थिए । उनले पाटन दरबार स्क्वायर क्षेत्र र भूकम्पले क्षति पुर्‍याएको भक्तपुर, बर्दीया, पोखरा र भूकम्पले क्षति पुर्‍याएको गोरखाको भ्रमण गरेका थिए ।

हृयारीले पछिल्ला केही दिन भूकम्पले क्षति पुर्‍याएको गोरखाका विभिन्न विद्यालय र भौतिक संरचना निर्माणमा समेत सहभागिता जनाएका थिए । बेलायती राजकुमार हृयारी ६ चैतमा नेपालको औपचारिक भ्रमणमा आएका थिए । औपचारिक भ्रमण सकिएपछि पनि उनले आफू नेपाल बस्न चाहेको भन्दै बसाइ ६ दिन लम्ब्याएका थिए ।

]]>