देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस विधान संशोधन गरेर अगाडि बढ्ने

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको शीर्ष नेताको बैठकले संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय गरेकोे छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा आज भएको नेताहरुको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने बारेमा छलफल भएकोे बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिए ।  

बैठकले आगामी चैत २२ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, सभापति शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो । 

यसअघि निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनिएको थियो । 

]]>