देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काष्ठमण्डप पुरानै शैलीमा निर्माण हुने

देशान्तर

काठमाडौँ । काठमाडौँको महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनः निर्माण फेरि पुरानै कला र शैलीबाट हुने भएको छ । पुनः निर्माणका लागि करिब रु १४ करोड लाग्ने बताइएको छ ।

पुरातत्व विभागका निर्देशक भेषनारायण दाहालका अनुसार पुनः निर्माणको सम्पूर्ण नक्सा तयार भइसकेको छ, भूकम्पअघि जुन किसिमको काष्ठमण्डप देख्न पाइन्थ्यो सोही अनुरुप पुनः निर्माण हुने छ ।

“विशेष किसिमको महत्व बोकेको ऐतिहासिक सम्पदा भएको हुँदा र बहुवर्षीय योजना रहेकाले निर्माणको समय झन्डै चार वर्ष लाग्ने विभागले अनुमान गरेको छ ।

निर्माणको सम्पूर्णको जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले अबको केही महिनामा नै निर्माणको काम सुरु गर्ने बताएको छ । गत वैशाखमा गएको भूकम्पले गर्दा काष्ठमण्डपको क्षति भएको थियो । पुनः निर्माणका लागि आधिकारिक नक्साको डिजाइन प्राप्त हुनासाथ निर्माणका लागि टेन्डर आह्वान गरिने महानरपालिकाको सम्पदा विभागले बताएको छ ।

काठमाडौँको पहिचान बनेको काष्ठमण्डपको निर्माण जतिसक्दो छिटो, बलियो र सुन्दर बनाइनेछ । निर्माणमा सहभागी विज्ञको सल्लाहअनुरुप काम लाग्नेसम्म काष्ठमण्डपमा प्रयोग भएका पुराना काठ पनि प्रयोग गरिने र बलियो हुने हुँदा अन्य सबै सालको काठ नै प्रयोग गरिने तयारी रहेको छ ।   भत्कनुअघिको काष्ठमण्डप एउटै रूखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचीन किंवदन्ती रहेको भए पनि पुनः सोही अनुरुप निर्माण सम्पन्न गर्न भने सकिनेछैन ।

पुरातात्विक र पर्यटकीय महत्वको सम्पदा पुनः निर्माण भएको हुँदा तीव्र गतिमा काम गरिन्छ ।

 

]]>