देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुमार्गीकोे ११ अर्ब भित्र्याउन पहल

देशान्तर

काठमाडौं । सरकारले व्यापारी अजय सुमार्गीको ‘कालो धन’ को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन स्वीकृति दिने गृहकार्य थालेको छ। राष्ट्र बैँक र संसदको अर्थ समितिको निर्देशनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल खडा गरी अनुसन्धान गरिरहेको विषयको लगानी खुल्ला गर्ने गृहकार्य सुरु भएको हो।

अर्थ मन्त्रालय र उद्योग विभागले करिब ११ अर्ब रुपैयाँको उक्त रकम ल्याउने चाँजोपाँजो मिलाइदिन राष्ट्र बैँकलाई छुट्टाछुट्टै पत्र पठाएका छन्।  करिब ४ बर्षअघि सुमार्गीले  छुट्टाछुट्टै प्रस्ताव पेस गरी साइप्रस र ब्रिटिस भर्जिन आइल्याण्डको कम्पनीबाट ल्याउन लागेको रकम प्रक्रिया पूरा नगरेको भन्दै राष्ट्र बैँक र उद्योग विभागले भित्र्याउन अनुमति दिएका थिएनन्।  

११ अर्ब मध्ये करिब ३ अर्ब रुपैयाँ सुमार्गीले अनुमति नै नलिई नेपाली बैँकमा जम्मा गरिसकेका छन्। राष्ट्र बैँकले उक्त रकमको कारोबार समेत रोक्का गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>