देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँमा जिल्लास्तरीय नेता नै पराजित

देशान्तर

तनहुँ । नेपाली काँग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाउन सफल केही नेता क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।  जिल्ला अधिवेशनमा महत्वपूर्ण भूमिकामा आउन सक्ने नेतालाई गाउँका क्रियाशील सदस्यले गाउँमै हराइदिएका हुन् । पूर्वसभासद् पार्वती थापालाई घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित गराइदिएका छन् ।  

त्यस्तै जिल्ला प्रवक्ता हरि वाग्ले शुक्लागण्डकी नगरपालिका–२ बाट पराजित भएका छन् । उनले दुई मत मात्र ल्याएका छन् । रेडक्रस तनहुँका पूर्वसभापति परशुराम गिरी राम्जाकोटबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । त्यस्तै जिल्ला पूर्व सदस्य परमेश्वर भट्टराई पनि केशवटारबाट पराजित भएका छन् । पराजितमध्ये थापा, गिरी र भट्टराई पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट मानिन्छन् ।

 क्षेत्रीय अधिवशेनमै पराजित भएपछि ती नेताहरुले जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा निर्वाचन लड्न नपाउने भएका छन् । काँग्रेसको क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते तोकिएको छ ।  

काँग्रेसको नगर समितितर्फ व्यास नगरमा शान्तिरमण वाग्ले सर्वसम्मत भएका छन् भने शुक्लागण्डकीमा माधव भट्टराई, भानुमा श्रीभक्त आचार्य, बन्दीपुरमा कर्णबहादुर खड्का र आबुँखैरेनी नगरपालिकामा गिरबहादुर थापा निर्वाचित भएका छन् । सबै गाविसमा अधिवेशन सम्पन्न भए पनि निर्वाचन परिणाम जिल्ला कार्यालयमा प्राप्त भई नसकेको निर्वाचन समितिका सदस्य केशव भट्टराईले जानकारी दिए । 

 

]]>