देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सामा आज गाउँ तथा नगर निर्वाचन हुँदै

देशान्तर

वीरगन्ज । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिकाअनुरुप आज पर्साको गाउँ तथा नगर निर्वाचन हुँदैछ । नेपाली काँग्रेस पर्साको यहाँ बसेको बैठकले गाउँ तथा नगरपालिकाको निर्वाचन कार्यतालिकाअन्तर्गत आज गाउँ तथा नगरको निर्वाचन गर्ने निर्णय गरेको पार्टीका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले बताए । केन्द्रीय निर्वाचन समितिले माघ १५ मा गाउँ र नगरको अधिवेशनको कार्यतालिका तय गरे पनि पर्सामा आज मात्र अधिवेशन हुन लागेको हो ।

जिल्लाका केही गाउँ समिति र नगरका वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने निश्चित भए पनि अधिकांश वडा र गाउँमा निर्वाचन हुने पार्टीका केन्द्रीय पर्यवेक्षक निरन्जन आचार्यले जानकारी दिनुभयो । जिल्लाका नगर तथा गाउँ सबै ठाउँका लागि निर्वाचन प्रतिनिधि खटाइसकेको पनि उनले बताए । कतिपय गाविस र नगरका वडामा सहमतिको आधारमा नेतृत्व चयन हुने देखिएको छ । महाधिवेशनअन्तर्गत जिल्ला समिति र क्षेत्रीय समितिमा आउन चाहनेले मात्र नभई महाधिवेशन प्रतिनिधि बन्न चाहने पनि गाउँ र नगरका वडाबाट क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने प्रावधानका कारण यतिखेर सबैजसो नेता, कार्यकर्ताको ध्यान आ–आफ्नो गाउँ र वडामा केन्द्रित भएको छ ।  जिल्ला अधिवेशनमा जनार्दनसिंह क्षेत्री, अजयकुमार द्विवेदी, रामनारायण कुर्मी र अशोक जयसवाल अध्यक्षका लागि आकाङ्क्षीको रुपमा अगाडि आएका छन् ।

त्यस्तै वीरगन्ज उपमहानगरपालिकाको अध्यक्ष पदमा सन्तोष सिंह र भोला साहबीच प्रतिस्पर्धा हुने काँग्रेसजनमा चर्चा बनेको छ । यसैगरी पर्सा निर्वाचन क्षेत्र नं १ मा विजय सर्राफ र महम्मद शाहवुद्दिन, क्षेत्र नं २ मा अरबिन्द गुप्ता र वीरेन्द्र पटेल, क्षेत्र नं ३ मा लालबाबु पाण्डे र गम्भीरा साह, क्षेत्र नं ४ मा श्रीकिसुन चौहान र बब्लु श्रीवास्तव तथा क्षेत्र नं ५ मा नवीन सिंहले क्षेत्रीय सभापतिको रुपमा आफूलाई अगाडि सारेका छन् । 

]]>